पुर्वराजा ज्ञानेन्द्र शाहलाई सुरक्षा दिन तयार छु: अभियन्ता देउजा

काठमाडौँ: पुर्वराजा ज्ञानेन्द्र शाहलाई सुरक्षा दिन आफू तयार रहेको राजाबादी अभियन्ता नगेन्द्र देउजाले बताएका छ्न। अहिलेका शिर्षस्थ नेतालाई जनतासामु जान सुरक्षाकर्मिको आवश्यक्ता पर्ने भएपनि राजा बिना सुरक्षाकर्मी जनताको घरआगनमा पुगेको स्मरण गराउदै हाल राजाको सुरक्षा कटौती गर्नुमा देशीविदेशी षडयन्त्रको तानाबाना बुनिएको हुन सक्ने आशंका गर्दै उनले यस्तो बताएका हुन ।

देउजाले देशभरी भएको राजावादी आन्दोलन देखेर गणतन्त्रको सरकार थुरथुर कामेर संसद बिघटन देखि राजाको सुरक्षा कटौती लगायतको गतिबिधि गरेको दावी गरे । उनले गणतन्त्रका मतियारहरुलाई अब जनताले सडकबाट नै लखेट्ने उद्घोष गरे। उनी भन्छन, ‘सबै राजावादी र हिन्दुवादी शक्तिहरु एकजुट हुदैछौ, अब छिट्टै नै निर्णायक आन्दोलन गरेर राजालाई राजगद्धीमा राख्छौ ।’

नगेन्द्र देउजाले केहि दिन अघि मात्र पुर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा भेटेका थिए। पछिल्लो समय भइरहेको राजावादी आन्दोलनका हर्ताकर्ता मध्ये एक मानिने देउजाले राजसंस्था फर्काउने अभियानमा मर्न र मार्न समेत तयार रहेको बताउदै आएका छन।

पछिल्लो समय देशव्यापी रुपमा भएको राजावादी आन्दोलनमा जनता स्वतस्फुर्त भएर सडकमा निस्केको दावी गर्दै देउजाले प्रचण्ड-माधब समूह र ओली समुहले गरिब र अशिक्षित नेपाली जनतालाई प्रलोभनमा पारि देशलाई फेरी अन्धकारतर्फ धकेल्ने कुचेष्टा जारि राखेको बताएका छन। नेताहरुले देश बिलय गराउन लागेको भन्दै उनले जनता सचेत नहुदा चिन्ता व्यक्त गरेका छन।

निश्वार्थ भावानाले राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको लागि अनवरत रुपमा लागिरहेका देउजा देश र जनता भनेकै राजाको पैतृक सम्पत्ती हो भन्ने मान्दछन।
देउजाले सामाजिक संजाल फेसबुकमा लेखेका छन, ‘राजा ज्ञानेन्द्र शाहले सत्ताकाे लागि वीरेन्द्रकाे वंश नास गरेका हुन्थे भने त्येति सजिलै राजगद्दी त्याग गर्ने थिएनन, ६२/६३काे आन्दोलनमा सेना परिचालन गरी आन्दोलनकारीकाे समूल नष्ट गरिदिन्थे,आाफ्नाे प्रजा खुसि हुन्छन् भने म नै गद्दी त्याग गर्छु भन्ने निर्णयमा पुगेर उनले आफ्नो जनता मरेकाे हेर्न चाहेनन। त्येसैले म भन्छु देश र जनता भनेकै राजाका आफ्नो पैतृक सम्पती लाग्छ ।

पछिल्लो समय सरकारले भिआइपीहरुको सुरक्षाकर्मीको संख्यामा कटौती गर्ने गरि कार्यविधि बनाएपछि पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरु गरिएको छ। पूर्व राजपरिवारको सुरक्षामा ९९ जना सुरक्षाकर्मी खटिदै आएका थिए।

पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी सुरक्षाका लागि खटिँदै आइरहेका छन्। नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

सम्बन्धित शीर्षकहरु

राशिफल