समाचार

मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको...

October 17th, 2023

पर्यटकलाई लोभ्याउँदै ‘तोक्पेगोला’

ताप्लेजुङ, २८ असोज । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा...

October 15th, 2023

पूर्वराजा ज्ञानेन्द्रले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ,  २८ असोज ।पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो । विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपरान्ह ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ ।

October 15th, 2023

डेङ्गुबाट ६ वर्षीय बालकको मृत्यु

तनहुँ, २६ असोज । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको...

October 13th, 2023

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ,  यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौ दिन भने सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अंकले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७...

October 11th, 2023

डेङ्गी बढ्यो, परीक्षण किट छैन

बलेवा,  जिल्लामा डेङ्गीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेङ्गीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको गुनासो गरे । स्वास्थ्य कार्यालयले पनि डेङ्गी रोग महामारीको रुपमा आएकोले रगत परीक्षण कीट भित्र्याउन सबैको चासो र...

October 11th, 2023

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

भरतपुर,  चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने...

October 11th, 2023

दशैँको मुखमा दुध किसानले पाएनन भुक्तानी, राजधानीकेन्द्रित आन्दोलन गर्ने !

काठमाडौं: चाडपर्वको मुखमा दुध किसान मारमा परेका छन। दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ४ महिनादेखि दुध खरिद गरेवापत किसानलाई रकम भुक्तानी नगरेका कारण चाडपर्व नजिकिदै गर्दा उनीहरु मारमा परेका हुन् । डीडीसी र निजी डेरी उद्योगले पछिल्लो जेठदेखि किसानसँग उधारोमा दुध खरिद गर्दै आएका...

October 4th, 2023

दुध बोक्ने ट्यांकर पल्टिँदा चालकको ज्यान गयो, सहचालक घाइते

हेटौंडा, १७ असोज । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया-५ तीनतलेमा दुध बोक्ने ट्यांकर पल्टिँदा चालकको ज्यान गएको छ । बुधबार बिहान हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफैँ अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खस्दा ट्यांकर चालकको मृत्यु भएको हो...

October 4th, 2023

भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने

काठमाडौँ, १७ असोज । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०-८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दशैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन...

October 4th, 2023

ताजा अपडेट