स्वास्थ्य/जीवन शैली

जीवनशैलीमा आएको परिवर्तनले बढ्दै हृदयाघात

काठमाडौँ, २ चैत । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन...

March 16th, 2022

देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने

दमौली; १ चैत ।तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ । देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको हो । देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष...

March 15th, 2022

दक्षिण कोरिया पठाईदिन्छु भन्दै ठगी गर्ने कोरियन नागरिक पक्राउ

काठमाडौँ, १ चैत ।दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका–३ महांकालबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण...

March 15th, 2022

स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु

काठमाडौँ, १ चैत । टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ । यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा...

March 15th, 2022

सुरु भयो रुपाली होलीको रौनक

महेन्द्रनगर, १ चैत । पचासौँ वर्षदेखि एउटा गाउँका नागरिकले परम्परागत शैलीमा मनाइने होलीलाई अझै निरन्तर बनाएको छन् भन्दा आश्चर्य लाग्न सक्छ, तर त्यो यथार्थ र होलीको गर्विलो इतिहास डडेल्धुराको रुपालीले कायम राखेका छन् । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र...

March 15th, 2022

बागलुङका २३६ किसानलाई अनुदान

बलेवा, १ चैत । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो । बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान...

March 15th, 2022

पाल्पामा किसानहरु च्याउ खेतीतर्फ आकर्षित

पाल्पा, ३० फागुन । पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन । किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा...

March 14th, 2022

बत्ती बल्दै, अध्यारो हट्दै जुम्ला कालीकोटको।

काठमाडौँ, ३० फागुन । झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गर्नुभयो । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव बोल्छ । अझ भनौँ, गीतले समग्र कर्णालीको अवस्थाको चित्रण गरेको छ ।...

March 14th, 2022

स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन

कञ्चनपुर, २९ फागुन । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । “लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ”, स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “जनशक्ति नहँुदा...

March 13th, 2022

पेटका लागि वरदान हो मेवा, जान्नुहोस्। मेवाका ५ फाइदा

img

एजेन्सी, मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज...

March 13th, 2022

ताजा अपडेट