स्वास्थ्य/जीवन शैली

गर्मीमा खरबुजाको सेवन, स्वास्थ्यका लागि फाइदा नै फाइदा

एजेन्सी;चैत ६।गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । फलफूल पोषक तत्वले भरिएको हुन्छ । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन् । गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक छ । यसको सेवनले शरीरलाई ताजा महसुस गराउँछ । यसमा...

March 20th, 2022

नारायणीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता

काठमाडौँ, ६ चैत । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा बेपत्ता...

March 20th, 2022

महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

गलकोट, ६ चैत । बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो । नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका...

March 20th, 2022

लिफ्टिङबाट घरघरमा खानेपानीका धारा

तनहुँ, ६ चैत । म्याग्दे गाउँपालिका–२स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ । सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो । पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै...

March 20th, 2022

विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा

गलेश्वर, ५ चैत । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका हरिलाल घिमिरे र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल भएका छन् । गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी घिमिरे दाजुभाइमात्र होइनन्, जिल्लामा कैयौँ...

March 19th, 2022

बृहत् योग शिविर सुरु

काठमाडौँ, ५ चैत । पताञ्जलि योग समिति काठमाडौँको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शनिबार संयुक्त रुपमा सो शिविरको उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष थापाले योग मानव जीवनका लागि अपरिहार्य भएको बताउनुभयो । मानिसको शारीरिक एवं...

March 19th, 2022

आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’

चितवन, ४ चैत । कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो ।सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग...

March 18th, 2022

दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तक्र्रिया

काठमाडौं,चैत ३ । डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा,चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । बुधबार काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो । उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा...

March 17th, 2022

रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० वटा किलर ड्रोन दिने

वासिंगटन, ३ चैत।अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो । अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई...

March 17th, 2022

पाखोमै फले डेढ करोडका सुन्तला

गलेश्वर, २ चैत । भिरालो जमिन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्षअघि सम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ । यहाँका गाउँलेले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला...

March 16th, 2022

ताजा अपडेट