सरकारको वाचा अधुरै, मेलम्चीको पानी चैतमा आइनसक्ने
काठमाडौँ, २५ चैत । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तसम्म काठमाडौं आउने भनेर प्रतिवद्धता गरे पनि नआउने भएको छ । मूल सुरुङमा अझै पानी भर्न सुरु नगरिएकाले आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा आइ नपुग्ने भएको हो । अझै कति समय लाग्छ भन्नेमा आयोजना पनि निश्चिन्त छैन ।
April 8th, 2022