पत्रपत्रिका

एमसीसी अनुमोदन गर्न अमेरिकाको घुमाउरो दबाब

काठमाडौं, ५ पुस : संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता गरेको चार वर्ष पूरा भइसक्दा पनि दलहरूबीच मतभेद हुँदा संसद्बाट...

December 20th, 2021

साना उद्योगबाट मात्रै १ लाख ७०ले रोजगारी पाउँदै

काठमाडौं, ५ पुस : कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७र७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि...

December 20th, 2021

मेलम्चीको विकल्प : तेह्रवटा ‘डिप बोरिङ’ जडान हुँदै

काठमाडौं, ५ पुस : मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ । त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका...

December 20th, 2021

देशभर चिसो बढ्यो‚ हिमपातको सम्भावना

काठमाडौँ, पुस ३ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ। शनिबार बिहान कर्णाली र गण्डकी प्रदेशका अधिकांश स्थानमा मौसम बदली भएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली...

December 18th, 2021

काठमाडौँ उपत्यकामा स्मार्ट सिटीकाे कामै सुरु नभई म्याद सकियो

काठमाडौँ, पुस ३ : काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा स्मार्ट सिटीको निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि स्मार्ट सिटीको निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन ।...

December 18th, 2021

शिक्षक बढुवाको बाटो खुल्यो

काठमाडौँ, पुस ३ : सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो...

December 18th, 2021

प्राकृतिक रुपमा नै अक्सिजन बढाउन के गर्ने ?

काठमाडौं, २१ बैशाख : श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ । यस्तै गिलासको पानीको सहायताले...

May 4th, 2021

बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ ।प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा ‚थायी संरचना बनाउन दिइने फलामे टेको हो। यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो...

February 14th, 2021

आजदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप : क–कसले पाउँछन् ?

आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ । यसबाहेक काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका...

February 14th, 2021

इन्टरनेटमा ‘कन्टेन्ट फिल्टरिङ’को तयारी

काठमाडौँ । इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्ने उद्देश्यसहित सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ। यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने भएकाले प्रणाली राख्ने विषयमा अध्ययन भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए । उनका अनुसार चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममै उक्त प्रणालीका लागि प्रक्रिया सुरु...

February 14th, 2021

ताजा अपडेट