पत्रपत्रिका

वैदेशिक सहायता रकम बढे पनि सरकारको खर्च क्षमता कमजोर

काठमाडौं । सरकारलाई बजेट तथा आयोजना कार्यान्वयनका लागि प्राप्त वैदेशिक सहायता रकम खर्च हुन नसकेको देखिएको छ । गतवर्षको जेठ १५ मा सार्वजनिक चालू आर्थिक वर्षको बजेटमा सरकारले विभिन्न आयोजना कार्यान्वयनका लागि वैदेशिक सहायताअन्तर्गत ६० अर्ब ५२ करोड अनुदान र २ खर्ब ९९ करोड ऋण गरी कुल ३ खर्ब...

February 14th, 2021

मोजमस्तीमा जनप्रतिनिधिः जनताको वितृष्णा बढ्यो

कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको बताइएको छ । त्यतिबेला अध्यक्ष सिंह पश्चिम सुर्खेतस्थित बड्डीचौरमा थिए । उनका छोरालाई नेपालगन्ज विमानस्थल पु¥याएर फर्किंदा बाटोबाट गाडीमा...

February 13th, 2021

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै

काठमाडौँ । भूगर्भ विभागले दैलेखमा पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ गरिरहेको छ । विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने जनाएको थिया । अहिले भने आगामी तिहारपछि मात्र...

February 12th, 2021

शिक्षकको कुटाइबाट बालकको मृत्यु

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय...

February 12th, 2021

बुटवलमा एकसाथ दुई केबलकार निर्माण सुरु

बुटवल । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट...

February 12th, 2021

अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप

काठमाडौं । कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको हो । सो अभियानअन्तर्गत अब कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाइने भएको छ । यसअघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई खोप लगाइसकिएको छ । अब भने...

February 12th, 2021

२०४७ सालमा जुन अधिकार राजामा थियो, अहिले त्यो अधिकार प्रधानमन्त्री ओलीसँग छ : सरकार पक्षका वकिल

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे । अहिलको संविधानले सार्वभौमसत्ताको प्रयोग गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको दाबी गरे । २०४७ सालमा जुन अधिकार राजामा थियो, अहिले त्यो अधिकार प्रधानमन्त्री...

February 5th, 2021

‘संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीका कसरी भए’

सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन्। ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए ?’ भन्ने इजलासको प्रश्नमा भने सरकारी वकिलले चित्तबुझ्दो जबाफ दिन सकेनन्। सरकारका तर्फबाट भैरहेको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा आधार लिएका...

February 5th, 2021

बर्डफ्लु परीक्षण गर्न प्रयोगशाला अभाव, संक्रमण फैलिए भयानक अवस्था सिर्जना हुन सक्ने

काठमाडौं । बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला चैतदेखि स्वास्थ्य सेवा विभागले प्रयोग गर्दै आएको हो। पशु सेवा विभागसँग त्रिपुरेश्वरस्थित केन्द्रीय...

February 5th, 2021

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ। मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित...

February 5th, 2021

ताजा अपडेट