सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । सुन सोमबार तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । केही दिनयता लगातार बढेको सुनको मूल्य आइतबार र सोमबार भने केही घटेको छ ।

यस्तै चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट