पत्रपत्रिका

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् । ‘कोर आई थ्री’ ल्यापटप प्रयोगविहीन बनाइएका हुन् । आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव...

July 14th, 2022

ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल

चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ । लाखौँ पिक्सेल जडित यो टेलिस्कोपले खुला आँखाले देख्न नसकिने इन्फ्रारेड किरणको झलक मात्र देखाएको छैन; आकाशगङ्गाका ताराहरूको जन्म र...

July 14th, 2022

ज्योतिषी हेराएर निर्वाचन मिति तय

सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति...

July 13th, 2022

चामलको मूल्य बढ्यो

पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् । नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार...

July 13th, 2022

रोपाइँका लागि मल नआउने

नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए...

July 13th, 2022

पटकपटक प्रश्नपत्र आउट

सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन। पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार...

July 12th, 2022

मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन पुग्नेलाई फर्काउँदै विभाग

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ । विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान...

July 12th, 2022

असारे विकृति : ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च

आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च गरिएको छ। यो चालु आर्थिक वर्षका अन्य ११ महिनाको यसै अवधि (१५ देखि २५ गते) को तुलनामा झन्डै...

July 12th, 2022

चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा हतियार बुक

नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ। इटालीको बेरेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो। सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगो हुने भन्दै बेइँटाबाट ल्याउन लागिएको हो। बेरेटा कम्पनीबाट उत्पादित १२...

July 11th, 2022

नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने

विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ। अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ...

July 11th, 2022

ताजा अपडेट