पत्रपत्रिका

सार्वजनिक यातायातः सिट रित्तै, तोकिएभन्दा चर्को भाडा

काठमाडौं – लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ । सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले बस सञ्चालन गर्न थालेका हुन् । काठमाडौंका विभिन्न रुटमा बस सञ्चालन भए पनि...

July 24th, 2020

कोरोनाभाइरसः जोखिमपूर्ण काठमाडौं !

काठमाडौं – काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ । बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना चिया पसलहरुमा चिया चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किसकेको...

July 24th, 2020

लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?

कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन ।...

July 22nd, 2020

बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति

अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३...

July 22nd, 2020

क्याबिनेटमा जब प्रधानमन्त्री ‘परिबन्द’ मा परे

अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पु¥याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुखमुखमा झुण्डिएको ‘परिबन्द’ शव्द प्रयोग गरे । अनि, सबै मन्त्री गलल हाँसे । ‘अहिले देशव्यापी रुपमा बाढी, पहिरोले प्राकृतिक...

July 22nd, 2020

देशभरका ३८ ठाउँको अवरोध हटाइयो

लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । बाढी र वर्षाका कारण देशका विभिन्न ३५ ठाउँमा अझै पनि पूर्ण...

July 22nd, 2020

लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् । सोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी थप मागमा सहमति गरेका...

July 21st, 2020

मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम, ग्रामीण सडक मुख्य कारण

काठमाडौं – मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको भूगर्भविद्हरूले बताएका छन् । यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएसँगै मुलुकभर सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

July 21st, 2020

पीसीआर गरेपछि मात्रै घर पठाइने

सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताए । विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको...

July 20th, 2020

स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न

स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध गराएको १० अर्ब ७० करोड ३७ लाख रुपैयाँको हिसाब पारदर्शी नभएको देखिएको हो ।   जर्मन सरकार सहयोगअन्तर्गतको केएफडब्लूले स्वास्थ्य मन्त्रालयलाई अनुदानमार्फत उपलब्ध गराएको १ अर्ब रुपैयाँबराबरको...

July 20th, 2020

ताजा अपडेट