पत्रपत्रिका

पुनः वर्षाको सम्भावना

काठमाडौँ – वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ...

August 8th, 2020

निगमलाई किस्ता तिर्नै सकस

काठमाडौँ – कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ ।   पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता सम्झौताअनुसार तिर्नुपर्ने दुईवटा त्रैमासिक किस्ता तिर्न सकेको छैन ।...

August 8th, 2020

यसकारण युवाहरु झन् बढी संक्रमित हुँदै

काठमाडौं – युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ। नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन्।...

August 8th, 2020

यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण

काठमाडौँ – ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति । अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी, बिरामीको शल्यक्रिया गर्नुपूर्व, हाल सङ्क्रमण धेरै देखिएका स्थानबाट आएका व्यक्ति, सघन उपचार कक्षमा उपचाररत व्यक्ति,...

August 8th, 2020

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्ययन गर्ने विद्यालयमा फिर्ता गर्नुपर्ने माग सामुदायिक विद्यालय व्यवस्थापन...

August 7th, 2020

संक्रमण पुष्टि भएका संक्रमित भागेपछि संक्रमणको जोखिम बढ्यो

काठमाडौं – कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् ।...

August 7th, 2020

कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी, बालबालिका पनि जोखिममा

काठमाडौं – नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत)को मृत्यु भएको छ। ‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर...

August 7th, 2020

करबारे सूचना अब एसएमएसबाटै

काठमाडौँ – करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ । विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महìवपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो...

August 7th, 2020

‘माग्न’ बालबालिका प्रयोग

काठमाडौं, २१ साउन : साउन दोस्रो साता सकिनै लाग्दा एकाएक हल्ला फैलियो– ‘चउरमा कार्टुन, कार्टुनमा शिशु।’ केयर बालगृहले कपनस्थित एक चउरमा बेवारिसे शिशु भेटिएको दाबी गर्दै थियो। यतिबेलासम्म बालगृहकी सञ्चालक पुष्पा अधिकारीले दाता खोज्न थालिसकेकी थिइन्। तर, पासा पल्टियो। दाता खोज्न गरिएको हल्लीखल्लीले शिशुकी आमाको मन पोल्यो। आफू स्वयमले...

August 5th, 2020

निजगढ विमानस्थल निर्माण प्रस्ताव पेस गर्ने म्याद थप

लगानी बोर्डले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्ताव पेस गर्न स्विजरल्यान्डको जुरिच इन्टरनेसनलसँग असोज दोस्रो सातासम्मको म्याद थप गरेको छ । बोर्ड बैठकले विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्न असोज १४ गते (सेप्टेम्बर अन्तिम)सम्मको म्याद थप गर्ने निर्णय गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त कम्पनीसँग...

August 5th, 2020

ताजा अपडेट