पत्रपत्रिका

‘मलाई काम गर्न दिनुस्’

काठमाडौँ ,२१ जेठ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’ उनले...

June 4th, 2022

कतारी राजकुमारी सगरमाथाको चुचुरोमा

काठमाडौँ ,१७ जेठ।कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्। कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फरहरीएकोमा खुसी व्यक्त गरेको छ। राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन्...

May 31st, 2022

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

काठमाडौँ ,१७ जेठ। १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०:१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट...

May 31st, 2022

पेट्रोल र डिजेलको मूल्य घट्ने

काठमाडौँ ,१७ जेठ। सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए । उनले भने,...

May 31st, 2022

स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

काठमाडौँ ,१३ जेठ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए ।...

May 27th, 2022

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए

काठमाडौँ ,१३ जेठ।वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर...

May 27th, 2022

महानगरबासीका ‘बाहुबली’

काठमाडौँ ,१३ जेठ। काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको...

May 27th, 2022

पुरै परिणाम नआउँदै सत्ता गठबन्धनमा सकस

स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको काँग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोप...

May 21st, 2022

जब थाह नदिई अर्काले भोट हालिदिए,

काठमाडौँ ;बैशाख ३१। घोराही उपहानगरपालिका-१७ की अमृता पुन शुक्रबार बिहान मतदानका लागि जान भ्याइनन् । घरको काम सकेर दिउँसो मात्रै मतदानका लागि निर्वाचन केन्द्र जाने निधो गरेकी उनी अपराह्न ४ बजेतिर मतदान केन्द्र पुगिन् । त्यही बेला पानी पर्यो, रुझ्दै मतदान केन्द्र प्रवेश त गरिन् तर उनले मत भने हाल्न...

May 14th, 2022

भोट हाल्न जाँदा आमा र गर्भवती श्रीमती गुमाए

काठमाडौँ ;बैशाख ३१। जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर, अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ थुमपोखराका अर्जुन...

May 14th, 2022

ताजा अपडेट