विश्व हिन्दु महासंघविरुद्ध अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी

काठमाडौँ: विश्व हिन्दु महासंघविरुद्ध उजुरी परेको छ । विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय भन्दै समाजमा भ्रम फैलाएर आजिवन सदस्यताका नाममा प्रतिव्यक्ति ५ हजार र राष्ट्रिय समितिका नाममा २ हजार ५ सयका दरले रकम उठाएर दुरुपयोग गरेको आरोपसहित शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एकसाथ उजुरी परेको हो।

संघसंस्था दर्ता ऐन २०३४ बमोजिम विश्व हिन्दु महासंघका नाममा दर्ता भएको संस्थाले अन्तराष्ट्रिय भनेर भ्रम छर्न नहुने जिकिर उजुरीमा गरिएको छ ।

महासंघको विधानमै महासभाको बैठक प्रत्येक पाँच वर्षमा २ पटक बस्‍ने उल्लेख भए पनि चार वर्षसम्म एक पटक पनि नराखिएको, निमित्तका भरमा अवैधानिक तरिकाले महासंघ चलाईएको लगायतका आरोपहरु समेत लगाइएको छ ।

यसअघि पनि महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

हेर्नुहोस उजुरी पत्र:

सम्बन्धित शीर्षकहरु

राशिफल