थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३ जना निको भएका छन् ।हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल