हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु

चितवन,२० श्रावन। पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी बिकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

राशिफल