मोरङ, २० साउन । मोरङको बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज शुक्रबार बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।
ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो ।