‘गणतन्त्रले नेपाललाई बाइसे चौबिसे राज्यभन्दा बढ्ता टुक्रायो’

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश सदस्य गणेश पौडेलले गणतन्त्र हुदा नेपाल बाइसे चौबिसे राज्यभन्दा बढिमा टुक्रीएको र छोटे राजाहरुको शासन चलेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ३०० औ पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा बोल्दै युवा नेता पौडेलले अहिले एकताको धागो, दिब्योपदेश र पृथ्वीनारायण शाहको जन्मको खाचो रहेको बताएका हुन्।

नेपाललाई साझा फुलबारी भनेर चिनाएका दुरदर्शी राजाले टुक्रिएर र छरिएर रहेका राज्यहरुलाई जम्मा पारेर एकताको सुत्र धागोमा उनेर एउटा अजम्बरी माला बनाएको उनले स्मरण गरे। उनले भने; ‘आज हामीले नेपाली हौ भनेर गर्वका साथ आफुलाई बिश्व सामु चिनाउन पाउनु यी दुरदर्शी राजाले गरेका आधुनिक नेपाल निर्माणबाट नै सम्भव भएको हो र यो समस्त श्रेय उनलाई नै जान्छ।’

अहिले नेपाल ३०० बर्ष अघि फर्किएको र सिमाना गुमाउने देखी अरुको गुलाम बन्नेमा उद्धत रहेका छोटेराजा पाल्न लादिएको यो आयातित व्यवस्था फाल्न नेपाली जनताले ढिलो गर्नुनहुनेमा उनले जोड दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीले छिट्टै नै यो व्यवस्था बिरुद्ध आन्दोलन गर्ने समेत उनले जानकारी दिए।

राशिफल