समाजसेवी बिनयजंग बस्नेत बिवाह बन्धनमा

काठमाडौं: बेवारिसे शब ब्यवस्थापनका पिता भनेर चिनिने बिनयजङ्ग बस्नेत र पुजा बिश्वकर्मा बिवाह बन्धनमा बाधिएका छ्न । बुधबार पशुपती गुजेश्वरी मन्दिरमा हिन्दु धार्मिक परम्पराअनुसार बिवाह सम्पन्न भएको हो।

बस्नेत र बिश्वकर्मा बिगत केही महिनादेखि बेवारिसे ब्यवस्थापन तथा पुनर्जिवन केन्द्रमार्फत समजसेवा गर्दै आइरहेका छ्न। अन्तरजातिय बिवाह गरेका जोडीले बिवाहको खर्च बराबरको रकम सडकका बेवारिसेलाई सहयोग गरेका छ्न ।

सामाजिक संजालमा विवाहको तश्विर साझा गर्दै उनले लेखेका छन, ‘छुवाछुत र जातिय भेदभाबको सम्बन्धमा सबैले आफ्नो सोच बदल्नु जरुरि छ।’ बस्नेत बिगत ९ बर्षदेखि बेवारिसेहरुको ब्यवथपनमा सक्रिय छ्न। केही महिना अगाडि बिबादमा तनिएका बस्नेत अब थप शसक्त ढंगले बेवारिसेको सेवामा लाग्ने बताएका छ्न। बस्नेतको यो दोश्रो बिवाह हो। उनको एक छोरी छिन।

सम्बन्धित शीर्षकहरु

राशिफल