वीर योद्धा नेपालले निकाल्यो माता दुर्गाभवानीको रथयात्रा

काठमाडौँ: एमसीसी सम्झौता खारेजी र हिन्दु अधिराज्य पुनस्थापनाको माग गर्दै वीर योद्धा नेपालले आज घटस्थापनाको दिनमा माता दुर्गा भवानीको रथयात्रासहितको मोटरसाइकल र्याली निकालेको छ। सुकेधाराबाट सुरु भएको रथयात्रासहितको र्याली भद्रकाली मन्दीरमा पुगी धर्मसभामा परिणत भएको थियो ।

सभामा महासचिब मणि सिम्खडाले एमसीसी कुनै पनि हालतमा पास हुन नदिने बताएका छन। एमसीसीबिरुद्ध एमसीसीको कार्यालयमा प्रथम चरणमा ज्ञापन पत्र बुझाउने र दोश्रो चरणमा शसक्त आन्दोलन गर्ने उनले बताए।

यस्तै उपाध्यक्ष कैलास कटवालले अब राष्ट्रवादीहरु एक ठाउँमा आउनुको बिकल्प नरहेको बताउदै राष्ट्र र राष्ट्रियता जोगाउन एक ठाउँमा आउन सबैलाई आग्रह गरेका छन । सभामा बोल्दै अध्यक्ष नगेन्द्र देउजाले हिन्दु अधिराज्य पुनस्थापना गर्न सम्पूर्ण ओमकार परिवार मन्दीरमा घण्टा बजाएर मात्र नहुने भन्दै सडकमा आउनुपर्ने बताए ।

सभा सकेपछि दुर्गा भवानीको रथलाई बागबजारमा राखिएको छ। नवरात्रीको समयसम्म दुर्गाभवानीको पुजाआराधना हुनेछ।

सम्बन्धित शीर्षकहरु

राशिफल