एमसीसी खारेजीको माग गर्दै राप्रपाले असोज १३ मा बृहत आन्दोलन गर्ने

काठमाडौँ: असोज १३ गते एमसीसी सम्झौता खारेजीको माग गर्दै राप्रपा काठमाडौँ जिल्ला कार्यसमितिले बृहत आन्दोलन गर्ने भएको छ। मुलुकको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आएकोले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउन लागेको हो।

ठुला राजनीतिक दलहरुले नेपाली जनताको भावना, चाहनामाथि खेलवाड गरेको भन्दै राप्रपा काठमाडौँले गम्भीर भएर सोच्न र निर्णय लिन नेपाली जनतालाई आग्रह गरेको छ।

बबरमहलमा दिउसो १२ बजे भेला भएर जिल्ला प्रशासन कार्यालयमा प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउन जाने कार्यक्रम रहेको राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिएका छन। उनले देशको लागि यो पार्टी त्यो पार्टी नभनिकन राष्ट्रिय झण्डा बोकेर उपस्थित हुन आम नेपाली जनतालाई आव्ह्वान समेत गरेका छन।

सम्बन्धित शीर्षकहरु

राशिफल